सिन्धुपाल्चोक केन्द्र बनाएर ५.५ म्याग्नीच्युडको परकम्प
काठमाडौ, माघ २२
सिन्धुपाल्चोक र नुवाकोटको सिमानालाई केन्द्रविन्दु बनाएर ५ दशमलब ५ रेक्टर स्केलको परकम्पन गएको छ। धेरै महिनापछि फेरि भूकम्पको ठूलो पराकम्पन महसुस भएको हो ।
सिन्धुपाल्चोक र नुवाकोटको सिमानालाई केन्द्रविन्दु बनाएर शुक्रवार राति १० बजेर ५ मिनेट जाँदा ५ दशमलब ५ रेक्टर स्केलको परकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।
अधिकारीले नयाँ भूकम्प नभई पुरानै भूकम्पको परकम्पन गएको बताए । १० किलोमिटर गहिराई बनाएर भूकम्पको परकम्पन गएकाले ठूलो धक्का महसुस गरिएको अधिकारीले बताए ।
अधिकारीले नयाँ भूकम्प नभइ परकम्पन मात्रै भएकाले नडराउन आग्रह गरे ।
वैशाख १२ मा गएको विनाशकारी भूकम्पपछि अहिलेसमम्म ४ सय २८ पटक भन्दा ४ रेक्टर स्केलमाथिका परकम्प गएको अधिकारीले बताए । रातिको समयमा भूकम्पको परकम्पन आएकाले काठमाडौंका मानिसहरु घर बाहिर निस्किएका छन् ।
उनका अनुसार भूकम्पको धक्का काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, नुवाकोटसहित पश्चिम नेपालका कास्की, तनहुँ, बागलुङ, स्याङ्जा लगायतका जिल्लाहरुमा महसुस गरिएको छ ।
भूकम्प गएको १० महिना बितिसक्दा पनि परकम्प आउने क्रम रोकिएको छैन ।
२२ माघ २०७२, शुक्रवार १७:३७ बजे प्रकाशित