कवि असरफको रिहाईको माग गर्दै राजधानीमा बृहत् कविता बाचन हुदैँ

timthumb2काठमाडौँ, माघ २३ । प्यालेस्टिनी कवि असरफ फयादलाई मृत्युदण्ड दिने साउदी अरब सरकारको निर्णय परिवर्तन भई आठ बर्ष कैद र ८ सय कोर्रा हान्ने निर्णयको विरोध गर्दै राजधानीमा बृह्त कविता बाचन कार्यक्रम आयोजना हुने भएको छ।  माघ २६ गते मंगलबार तमु ल्होसारका दिन विहान ११ बजे भू–संरक्षण तथा वातावरण विभाग बबरमहलको सभाहलमा बृह्त कार्यक्रम हुन लागेको हो ।
साहित्यानुरागी समाज नेपालको आयोजनामा हुन लागेको कार्यक्रममा नेपालका चर्चित कवि तथा साहित्यकारहरुले कविता बाचन गर्ने संंस्थाका महासचिव डा.सौरभ सुनारले जानकारी दिए ।
महासचिव सुनारका अनुसार विहान ११ बजेदेखि शुरु हुने कार्यक्रममा प्रध्यापक डा. मोहनराज शर्मा, निर्मोही व्यास, डा.गोविन्द राज भट्टराई, ज्ञानुवाकर पौडेल, श्यामल, गीता त्रिपाठी, विप्लब ढकाल, ललिजन रावल लगायत ३० जना भन्दा बढी चर्चित कवि तथा गजलकारहरुले आफ्ना रचना बाचन गर्ने छन् ।
कार्यक्रममा आफ्ना रचनासहित उपस्थित भई कविता वाचन गर्न पनि उनले आग्रह गरे ।  साउदी अरबको एक अदालतले कवि असरफको मृत्युदण्डको फैसलालाई खारेज गर्दै आठ वर्ष कैद र ८०० कोर्रा हान्ने सजाय सुनाएको छ। उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् । यसैका पक्षमा विश्वका साहित्यकारहरु अहिले एक भएर विरोधमा उत्रिएका छन् । सोही प्रसंगलाई ध्यानमा राखी कार्यक्रमको आयोजना गरिएको हो ।

२३ माघ २०७२, शनिवार ०९:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु