अलविदा ! राष्ट्रकवि माधव घिमिरे

राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

पशुपति आर्यघाटमा घिमिरेको अन्त्येष्टि गरिएको हो ।

राष्ट्रकविको सम्मान स्वरुप नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

यसअघि काठमाडौंको कपुरधारास्थित निवासमै पुगेर उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउँदै श्रद्धाञ्जली अर्पण गरेका थिए ।

घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ ५ः५५ बजे निवासमै निधन भएको थियो ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ ।

३ भदौ २०७७, बुधवार ०३:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु