निर्माणजन्य सामग्रीका पसल बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खुल्ने

६ असार, काठमाडौं । काठमाडौं उपत्यकामा निर्माणजन्य सामग्रीका पसल असार ८ गतेदेखि दैनिक ७ घण्टा खोल्न पाइने भएको छ। आइतबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निर्माणजन्य सामग्रीका पसल दैनिक ७ घण्टा खोल्न दिने निर्णय गरेको हो।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार हार्डवेयर, बिजुलीका सामान, स्यानिटरी, टायल, मार्बल, फर्निचर र कार्पेटिङका पसल बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्न दिइनेछ।

यस्तै, आइतबार, मंगलबार र बिहीबार सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय घरायसी सामग्री, अटोमोबाइल शोरुम, अटोमोबाइल पार्टस् पसल, इलेक्ट्रोनिक पसल ९मोबाइल तथा कम्प्युटर पसल० बिहान ११ बजे देखि दिउँसो ४ बजेसम्म खोल्न पाइनेछ।

सोमबार, बुधबार र शुक्रबार सोही समसयमा डिपार्टमेन्टल स्टोर (ग्रोसरी बाहेक अन्य), सपिङ मल र खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम र टेलरिङका पसल खुल्न दिइने भएको छ।

खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा मासु, पूजा सामग्री बिक्री वितरण गर्ने पसल तथा डिपार्टमेन्टल स्टोर (ग्रोसरी), पुस्तक पसलर स्टेसनरी पसल दैनिक बिहान ११ बजेसम्म खोल्न पाइने अधिकारीले बताए ।

६ असार २०७८, आइतवार १८:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु