ज्वाला संग्रौलासहित ३ जनालाई पक्राउ

६ असार, काठमाडौं । प्रहरीले ज्वाला संग्रौलासहित तीनजनालाई पक्राउ गरी हिरासतमा लिएको छ ।

युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा उनीहरुलाई महानगरीय प्रहरी परिसर टेकुले हिरासतमा लिएर अनुसन्धान थालेको हो ।

पक्राउ पर्नेमा आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौला, हिमाल उपाध्याय र शर्मिला वाइवा रहेका छन् ।

महानगरीय प्रहरी परिसर टेकुका एसपी रमेश बस्नेतले तीनजनालाई नियन्त्रणमा लिइ मुद्दा चलाउने तयारी गरिएको बताए ।

उनीहरुमाथि कुटपिट, अभद्र व्यवहार तथा प्रहरीमाथि समेत हातपात गरेको अभियोग छ ।

खुस्बुमाथि गत जेठ १६ गते गौशला प्रहरी वृत्तको हिरासतमा ज्वालाको समूहले आक्रमण गरेको थियो ।

त्यसविरुद्ध खुस्बुले टेकु प्रहरी परीसरमा उजुरी गरेकी थिइन् ।

प्रहरीले आज खुस्बु र ज्वालाको समूहलाई छलफलका लागि बोलाएको थियो ।

त्यही क्रममा प्रहरीले तीनजनालाई हिरासतमा लिएको हो ।

६ असार २०७८, आइतवार १८:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु