पोखराबाट गणेश लामा पक्राउ

गणेश लामा पोखरामा पक्राउ परेका छन्। उनलाई केही समय अगाडि पोखराको लेकसाइडबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई अहिले वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ।

‘निषेधाज्ञाका बेला उहाँलाई यहाँ डुलिरहेको देखेपछि सोधपुछका लागि नियन्त्रणमा लिएका हौं’, प्रहरी श्रोतले भन्यो।

उनी त्यहाँ प्रदेश मन्त्री समेत रहेका दीपक मनाङेलाई भेट्न त्यहाँ पुगेको बताइएको छ।
गण्डकी प्रदेश सरकारले विश्वासको मत लिन लागेका बेला मनाङे सम्पर्क विहिन भएका थिए।

तर प्रहरीले भने उनी त्यस्तो सम्पर्कविहिन नरहेको जनाएको छ।

‘उहाँ वेपत्ता होइन आफैं सम्पर्कमा आउन नचाहनु भएको देखिन्छ’, श्रोतले भन्यो। गण्डकी प्रदेशले बिहीबार विश्वासको मत लिँदा पनि उनी संसदमा उपस्थित भएनन्।

विश्वासको मत नपाएपछि गण्डकी सरकार भने ढलेको छ।

विजय गच्छदार नेतृत्वको फोरम लोकतन्त्रिक हुँदै राजनीतिमा प्रवेश गरेका गुण्डा नाइके पृष्ठभूमिका लामा पछिल्लो पटक नेपाली कांग्रेसमा आवद्ध छन्।

२७ जेठ २०७८, बिहीवार २०:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु