पाकस्तिानी सेनाको कारबाहीमा २१ आतङककारीको मृत्यु

एजेन्सी, कात्तिक ५ पाकिस्तानको उत्तरपश्चिमी आदिवासी क्षेत्र खैबर प्रान्तमा पाकिस्तानी सैनिकले दुई छुट्टाछुृट्टै इलाकामा गरेको हवाई आक्रमणमा कम्तीमा २१ आतङ्ककारी मारिएका छन् । एक सरकारी अधिकारीद्वारा जारी विज्ञप्तिमा सो जानकारी दिइएको छ ।

अफगानिस्तानको सीमा क्षेत्रमा रहेको खैबर प्रान्तको टिराह र रज्गाल क्षेत्रमा आतङ्ककारी लुकेर बसेको चार वटा स्थान लक्षित सो आक्रमणमा कम्तीमा २१ आतङ्ककारी मारिएको जनाइएको छ ।

खैबर एक र खैबर दुईमा गरी दुई चरणमा पाकिस्तानी सैनिकले आतङ्ककारी विरुद्ध केही समययता जारी राखेको कारबाहीमा ५ सय भन्दा बढी आतङ्ककारी मारिनुको साथै अन्य ४ सय भन्दा बढीले आत्मसमर्पण गरेका स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ ।

बिहीबार बिहानको समयमा गरिएको यस आक्रमणमा मारिएका आतङ्ककारीको परिचय भने खुलासा नगरिएको जनाइएको छ ।

५ कात्तिक २०७२, बिहीवार २०:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु