प्रधानमन्त्री र उपप्रधानमन्त्रीको दाङमा पुत्ला दहन

दाङमा अखिल क्रान्तिकारीले प्रधानमन्त्री केपी शर्मा ओली र उप-प्रधानमन्त्री राजेन्द्र महतोको पुत्ला दहन गरेको छ ।
प्रधानमन्त्री ओलीको असंवैधानिक कदम खारेज हुुनुपर्ने, नागरिक विधेयक सच्याउनुपर्ने, चुरे दोहनको निर्णय रोकिनुपर्ने, उपप्रधानमन्त्रीको राष्ट्रहित विपरीतको अभिव्यक्ति तत्काल सच्याउनुपर्ने नत्र उनलाई पदमुक्त गरिनुपर्ने मागसहित क्रान्तिकारीले पुत्ला दहन गरेको हो ।
कोभिड महामारीका समयमा सरकार महामारी व्यवस्थापनमा भन्दा कुर्ची जोगाउन र देश लुट्ने खेलमा लागेको आरोप लगाउदै प्रदर्शनकारीले तत्काल यी कदम सच्याउन सरकारसँग माग गरेका छन् ।
२३ जेठ २०७८, आइतवार १९:५२ बजे प्रकाशित