एक साता लकडाउन गर्ने प्रस्ताव तयार

व्यवसाय एक महिना बन्द गर्न सिफारिस

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक साता लकडाउन गर्ने प्रस्ताव तयार पारेको छ ।

संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न मन्त्रालयले सिफारिस गरेको हो ।

मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए बन्दाबन्दी गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

फेरि लकडाउन गर्न मानवअधिकार आयोगको सुझाव

२५ हजार बढी संक्रमित भए अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो छ’ मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले भने ।

मन्त्रालयका तथ्यांकअनुसार बुधबार देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ छ ।

मन्त्रालयले जनस्वाथ्य मापदण्ड पालना हुन नसक्ने व्यवसाय एक महिना बन्द गर्न पनि सिफारिस गरेको छ ।

फेरि लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

७ असोज २०७७, बुधवार १९:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु