फेरि लकडाउन गर्न मानवअधिकार आयोगको सुझाव

राष्ट्रिय मानव अधिकार आयोगले फेरि लकडाउन गर्न सरकारलाई सझुाव दिएको छ ।
कोरोना भाइरस (कोभिड–१९) र बन्दाबन्दीको अवधिमा मानव अधिकारको अवस्थाबारे प्रारम्भिक अनुगमन प्रतिवेदनमा आयोगले फेरि लकडाउन गर्न सुझाव दिएको हो ।
प्रतिवेदनमा लकडाउनलाई थप व्यवस्थ्ति गर्न र कडाईका साथ लागू गर्न सुझाव दिइएको छ ।
कोरोना भाइरस नियन्त्रणमा आउनुको सट्टा झन झन बढेको भन्दै आयोगले यस्तो सुझाव दिएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस कोभिड १९० को संक्रमणबाट थप ६ जनाको मृत्यु पुष्टि भएको छ ।
१२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा १० हजार ६४१ नमुना परीक्षण गर्दा ४२८ महिला र ८१८ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
काठमाडौं उपत्यकामा ६१८ जना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ५०७, ललितपुरका ६० र भक्तपुरका ५० जनामा छन् ।
यससँगै कुल संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ । उनीहरुमध्ये ३८३ जनाको मृत्यु भएको छ भने ४२ हजार ९४९ जना संक्रमण मुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा मात्र १२४३ जना डिस्चार्ज भएका छन् ।
देशभरीमा १६ हजार २४१ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १८२ जनाको आईसीयू र ३९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो निरन्तर बढिरहेको तथ्याङ्क हो ।
निशेधाज्ञा लगायतका उपाय अपनाउँदा पनि कोरोना भाइरसको संक्रमितको संख्या नघटेपछि आयोगले फेरि लकडाउन गर्न सुझाव दिएको हो ।
यस्तो छ आयोगले दिएका थप सुझावहरु
१ असोज २०७७, बिहीवार २३:५२ बजे प्रकाशित