बराबरी सिद्धान्तको आधारमामात्रै पार्टी एकता : दाहाल

सोमबार गृहजिल्ला चितवनमा सन्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले पार्टी एकता प्रतिशतका आधारमा नहुने बताए ।

पार्टी एकता निर्वाचनजस्तो नभएको भन्दै बराबरी सिद्धान्तको आधारमामात्रै एकता गर्नुपर्ने जिकिर उनले गरे ।

अध्यक्ष दाहालले आफ्नो भनाइले पार्टी एकतामा अफ्ठ्यारो पर्ने स्थिति नभएको भन्दै एकपटक छलफल गरेपछि सबै कुरा टुंगिने दाबी पनि गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणअघि पार्टी एकता सम्भव नरहेको उनले स्पस्ट पारे ।

उनले कार्यदलले दिएको प्रतिवेदनअनुसार नै आगामी वैशाख ९ गते पार्टी एकता हुने खुलाए ।

अध्यक्ष दाहालले मंगलबार (भोलि) बस्ने पार्टी एकता संयोजन समितिको बैठकमा कार्यदलको प्रतिवेदन औपचारिकरुपमा प्रस्तुत् हुने जानकारी दिँदै मंगलबारैदेखि त्यसलाई अन्तिम रुप दिनका लागि छलफल थालिने बताए ।

अर्को प्रसंगमा उनले प्रधानमन्त्री ओलीको भारत भ्रमणका विषयमा सामान्य कुराकानी भएको भन्दै संयोजन समितिमा थप छलफल हुने बताए ।

१९ चैत २०७४, सोमवार १४:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु