कहाँ आयो ग्याँस ? दाउरा पनि सहज छैन्

537169_1394767114081108_289811476_nबिशाल कार्की, चैत २०७२ । ‘स्टक ग्याँस राखिएन । सकिएकै दिन लागेर सिलिण्डर लाइनमा राखेको हुँ । अरु समयमा त हिटर राइस कुकरबाटै खाना पकाउँछु । लोडसेडिङको समय पर्याे भने चाहीँ भोकै बस्नु पर्छ ।’ काठमाडौँ, कुलेश्वरका दिपेन्द्र क्षेत्रीको कोठामा खाँना पकाउनलाई ग्याँस छैन । विजुली आएको बेला त राइस कुकर र हिटरमै खाना पकाउँछन् । विजुली आउने र उनको क्याम्पस चल्ने समय जुध्यो भने चाहीँ भोकै बस्नु पर्छ । दैनिक होटलमा खाना खान गोजीले भ्याउदैन र साथी भाइकोमा पनि कति पहुँना पर्नु जस्तो उनलाई लाग्छ । ‘ग्याँस आयो कि भनेर आज पनि डिलरमा बुझ्न गए आझै एक हप्ता लाग्छ रे’ उनले भने, ‘स्टक ग्याँस राखिएन । सकिएकै दिन लागेर ग्याँस लाइनमा राखेको हुँ । दुई हप्ता हुन लाग्यो आज बुझ्न जाँदा अझै १ हप्ता लाग्छ भन्यो । अरु समयमा त हिटर राइस कुकरबाटै खाना पकाउँछु । लोडसेडिङको समय पर्याे भने चाहीँ भोकै बस्नु पर्छ ।’ यद्धपि खाना पकाउने एलपी ग्याँसको व्यवस्थामा सुधारको संकेत देखिएकाले केही हप्तामै ग्याँसको वितरण प्रणाली सहज हुने आश्वासन बाड्ने क्रमलाई आपूर्ती मन्त्रालय र नेपाल आयल निगमसँग सरोकार राख्ने सबैले निरन्तरता दिइनै रहेका छन् । तर, ग्याँस पाउने आशामा महिनौ अघि सिडिन्डर लाइनमा राखेका सर्वसाधारणले नाकाबन्दी अन्त्य भएको खासै महसुस गर्न सकेका छैनन् । कतिले ग्याँस भण्डारण गर्न भ्याएका छन् भने कोही दाउरामै गुजारा चलाइरहेका छन् । नेपाल आयल निगमले सहज रुपमा ग्याँसको आयात भएकाले सर्वसाधारणले सहज रुपमा पाइरहेको बताए पनि, उपभोक्ताले पाएका छैनन । नाकाबन्दीको समयमा ग्याँसको चरम मारमा परेका सर्वसाधारणले अझै पनि त्यहि नियति झेल्नु परेको छ । ‘अनुगमन र अनुगमनमा कोही कसैले अनियमितता गरेको पाइएमा कडा भन्दा कडा कारवाही गर्नेछौँ’ आपूर्ति मन्त्री गणेशमान पुनले भने, ‘आपूर्ति र खपतको ताममेल मिलाउन ग्याँसको आपूर्ति बढाउनेतर्फ र अनुगमनतर्फ विशेष रुपमा ध्यान केन्द्रीत गरेका छौँ ।’ पाँच महिना लामो नाकाबन्दीमा दाउराले गुजार चलाएका काठमाडौँ कलंकीका ज्ञानेन्द्र बस्नेतले नाकाबन्दीको अन्त्य भएपछि एक पटक आधा सिलिन्डरको ग्याँस पाए । तर त्यो आधा ग्याँस पनि अहिले सकिएको छ । ‘आज भोलि फेरी पनि दाउरा मै गुजारा गर्नु परेको छ’ उनले भने, ‘सञ्चारमाध्यममा ग्याँस सजिलैसँग पाइन्छ भन्छन् तर बजारमा ग्याँस पाइदैन । नाकाबन्दी पछि एक पटक आधा सिलिन्डर ग्याँस पाँए । त्यो आधा सकिएपछि त अवस्था पहिलेको जस्तै भयो । दाउरा मै काम चलाई राछौँ । त्यहिँ दउरा पनि सजिलै गरी पाइदैन ।’ ग्याँसको लागि आफ्नो नाम लेखाउन आएकी काठमाडौँ कलंकीकै एककुमारी गुरुङलाई भने अर्कै पिरलो छ । अहिले नै ग्याँस नसकिएको भए पनि फेरी ग्याँस पाउन छोड्ने हो कि भन्ने डर उन्लाई छ । ‘घरमा एउटा ग्याँस त छ तर फेरी ग्याँस पाउँन छाड्यो भने त समस्या हुन्छ’ उनले भनिन्, ‘भनेको बेला पाइदैन, भएको एउटा ग्याँस पनि सकिएला भनेर लाइनमा ग्याँस राखेकी छु । एक महिनाभन्दा बढी भयो । पसलले आयो फोन गरेर बोलाउन्छु भन्छ, खै ग्याँस आइराछ भन्छन् तर पाइएको छैन ।’ मोटो रकमको लोभमा परेर ग्याँसको कृतिम अभाव गर्ने गरेको व्यापारीहरुलाई आरोप छ । ‘डिलरबाट महिनामा एक/दुई पटक मात्र ग्याँस आउने तर ग्याँसको माग भने दिनहुँ बढेको छ’ कलंकी स्थित इन्द्र चन्द्र स्टोरका प्रोप्राइटर इन्द्र श्रेष्ठले भने, ‘ग्याँस महिनामा एकदुई पटक मात्र आउँछ । तर, दैनिक चापलस पँचासको संख्यामा ग्याँसको माग भएकाले ग्याँसको आयात र खपतमा ताल मेल मिलेको छैन । अहिले पनि ६ सय भन्दा बढी ग्याँस लाइनमा छन् । क्रमैसँग ग्याँस दिनु पर्ने भएकाले दुई तिन महिनापछि मात्र ग्याँसको पालो आउँछ ।’ पहँुच भएका व्यक्तिहरुले तत्काल ग्याँस पाउने तर सर्वसाधारणले भने महिनौसम्म पनि ग्याँस नपाउनुले ग्याँस वितरणमा अनियमितता भएको प्रष्ट हुन्छ । आयल निगमकै कर्मचारीको संलग्नतामा यस्ता काम भईरहेको समाचारहरु आईरहे पनि सरकार अनुगमन भईरहेको पूरानै रटान लगाईरहेको छ । कालोबजारीलाई कारबाही भन्दा पनि सरकारले नै प्रोत्साहन गरेको टिप्पणी लाजमर्दो भएको छ ।

२३ चैत २०७२, मंगलवार ०४:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु