बार एसोसिएसनको मतगणना शुरु
काठमाडौं, २३ चैत । नयाँ कार्यसमित चयनको लागि भएको नेपाल बार एसोसिएसनको निर्वाचनको मतगणना शुरु हुँदैछ । देशका विभिन्न ३३ स्थानमा गत शनिबार सम्पन्न निर्वाचनको मतपेटिका काठमाडौं ल्याइएपछि आजबाट मतगणना गर्न लागिएको हो ।
बारको नयाँ नेतृत्वका लागि अध्यक्षमा चार जना प्रतिस्पर्धामा छन् । विजयकान्त मैनाली, शेरबहादुर केसी, रामप्रसाद प्रजापति र मनोहर साहले अध्यक्षमा प्रतिस्पर्धा गरिरहेका छन् ।
पूर्वाञ्चल उपाध्यक्षमा दुई, मध्यमाञ्चल उपाध्यक्ष (काठमाडौं उपत्यका बाहेक) दुई , मध्यमाञ्चल (काठमाडौं उपत्यका) मा चार, पश्चिमाञ्चल उपाध्यक्षमा तीन, मध्यपश्चिमाञ्चल उपाध्यक्षमा दुई र सुदुरपश्चिमाञ्चल उपाध्यक्षमा दुई र महिला उपाध्यक्षमा दुईजना चुनावी मैदानमा छन् ।
महासचिव पदका लागि दुई स्वतन्नत्रसहीत ६ जना उम्मेदवार छन् । कोषाध्यक्षमा चारजना प्रतिस्पर्धामा उत्रिएका छन् । कार्यसमितिका १५ सदस्य पदका लािग ४० जना मेदानमा उत्रिँएका थिए । देशभरका ९ हजार बढी मतदाताले मतदान प्रक्रियामा भाग लिएका थिए ।
२३ चैत २०७२, मंगलवार ०४:१८ बजे प्रकाशित