इन्डोनेसियामा दुई विमान ठोक्किए

 २३ चैत । इन्डोनेसियाको राजधानी जकार्तामा रहेको विमानस्थलमा दुई वटा विमान ठोक्किएका छन् । ठोक्किएपछि विमानको पखेटामा आगो लागेको जकार्ता विमानस्थलका अधिकारीले बताएका छन् । उडान भर्ने क्रममा रहेको बाटिका एयरको विमानको पछाडिको भागमा ठोक्किएको हो । बाटिका एयरको विमानको पखेटाले ट्रान्सनुसा एयरको विमानको पछाडिको भागमा ठक्कर दिएको हो ।
सोमबार राति भएको घटनामा कोही पनि यात्रु घाइते नभएको इन्डोनेसियाका अधिकारले बताएका छन् । विमानका सबै यात्रुलाई सकुशल उद्दार गरिएको विमानस्थल अधिकारीले बताएका छन् ।

२३ चैत २०७२, मंगलवार ०४:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु