त्रिपक्षिय वार्तामा मोर्चामा आवद्ध शिर्ष चार अध्यक्षहरु सहभागी नहुने
काठमाडौँ, मङ्सिर १६। आज पनि सत्तारूढ दल, प्रमुख प्रतिपक्षी र मधेशी मोर्चाबिच वार्ता हुँदैछ । तर मोर्चामा आवद्ध शिर्ष चार अध्यक्षहरु भने सहभागी नहुने भएका छन । धनुषाको ढल्केवरमा मोर्चाको पूर्वनिर्धारित कार्यक्रम रहेको भन्दै उनीहरु उतै ब्यस्त हुने भएपछि प्रधानमन्त्री निबास बालुवाटारमा साँझ ६ बजे हुने आजको वार्ता पनि कत्तिको पलदायी हुन्छ भन्नेमा शंका उब्जेको छ ।
अध्यक्षहरु ढल्केवरको आमसभाका लागि जनकपुर गैसकेकाले वार्तामा सहभागी नहुने शन्देश पठाइसकेको तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्य सुर्दशन झाले जनाएका छन ।
प्रमुख दलहरुले भने प्रधानमन्त्री निबास बालुवाटारमा साँझ ६ बजे हुने वार्तालाई निष्कर्षमा पु¥याउने दाबी गरेका छन । यसअघि पटक–पटक भएका वार्तामा प्रमुख दलहरुका तर्फबाट सिमाङ्कनमा ठोस प्रस्ताव नआएको भन्दै मधेसी मोर्चाको असन्तुष्टीका कारण निष्कर्षमा पुग्न सकेको थिएन । एमालेका शिर्ष नेताहरुको हिजो बसेको बैठकले राष्ट्रहितमा प्रभाव नपर्ने गरी मोर्चाका माग पुरा गराउन हदैसम्म लचिलो हुने निर्णय गरेको थियो ।
आजको वार्तामा कसरी प्रस्तुत हुने भन्दै पार्टीको धारणा तय गर्न भन्दै प्रमुख प्रतिपक्षि नेपाली कांग्रेसको पदाधीकारी र प्रभावशाली केन्द्रिय सदस्यहरुको बैठकले पनि मोर्चाको माग अनुसार संघिय प्रदेशको सिमाङ्कन परिवर्तन गर्ने सन्र्दभमा आवश्यक लचक भएर प्रस्तुत हुने निर्णय गरेको थियो । एकिकृत माओवादीले पनि वार्ताबाटै समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै आजको वार्तालाई फलदायी बनाएर अघि बढ्नुपर्ने बताइसकेको छ ।
१६ मंसिर २०७२, बुधवार ०२:२५ बजे प्रकाशित