खान नपाएपछि डिल्लीबजार कारागारमा कैदीबन्दीबीच झडप

काठमाडौं । डिल्लीबजार कारागारमा कैदीबन्दीबीच झडप भएको छ ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले क्यान्टिनले सामान दिन छाडेपछि समस्या सिर्जना भएको बताएका छन् ।

‘लकडाउनले आफन्त पनि भेट्न आएनन्, पैसा पनि सिद्धियो’, उनले भने, ‘क्यान्टिनमा पनि समस्या भएपछि विवाद भएको हो ।’

अहिले कारागार क्षेत्रमा बाक्लो प्रहरी परिचालन गरिएको छ । थप अनुसन्धान भइरहेको जनाइएको छ ।

चौकीदार परिवर्तन गर्ने विषयलाई लिएर झडप भएको जनाइएको छ ।

११ जेठ २०७७, आइतवार ०३:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु