नेता नेपालले अस्वीकार गरेपछि तेस्रो अध्यक्षको च्याप्टर क्लोज

काठमाडौं । नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले तेस्रो बरियताको अध्यक्ष बन्न अस्वीकार गरेका छन् । शनिबार बालुवाटारमा सम्पन्न सचिवालयको बैठकमा नेता नेपाललाई तेस्रो बरियताको अध्यक्ष बन्न अध्यक्ष केपी ओलीका तर्फबाट प्रस्ताव गरिएकोमा नेता नेपालले सो प्रस्ताव अस्वीकार गरेका हुन् ।

प्रधानमन्त्री ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एउटा पद छाड्नुपर्ने माधव नेपाल पक्षले माग राख्दै आएको छ । अब यसबारे २५ गतेको स्थायी कमिटी बैठकमा थप छलफल हुने नेतहरुले बताएका छन् ।
बरिष्ठ नेता नेपाल आगामी महाधिवेशनमा अध्यक्षका दाबेदार हुन् ।

२० वैशाख २०७७, शनिवार १५:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु