लकडाउनको अवधि एक साता थप्ने निर्णय
काठमाडौं । लकडाउनको अवधि एक साता थप्ने तयारी भएको छ ।
कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतबार बसेको बैठकलले थप एक साता लकडाउनको अवधि थप्नुपर्ने निर्णय गरेको हो। समितिको निर्णय मन्त्रिपरिषले स्वीकृत गरेपछि कार्यान्वयनमा आउनेछ ।
यसबारे निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सुदूरपश्चिम सरकारले पनि लकडाउन लम्ब्याउन सिफारिस गरेको छ ।
नेपालमा दोस्रो संक्रमण देखिएपछि सरकारले ११ चैतबाट १८ गते बिहान ६ बजेसम्मका लागि लकडाउन गरेको थियो । त्यो अवधिमा संक्रमितको संख्या थपिएपछि यसलाई ८ दिन लम्ब्याइएको छ, जुन २५ गते १२ बजेसम्म रहनेछ ।
तर यो बीचमा कैलालीको धनगढी–५ मा विदेशबाट आएका एक संक्रमितको परिवारका सदस्यमा पनि कोरोना संक्रमण देखिएको छ भने भारतबाट आएका दुई जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
२४ चैत २०७६, सोमवार ०५:३३ बजे प्रकाशित





