कोरोना त्रास : फागुन १५ यता थाहा नपामा विदेशबाट ३६ जना भित्रिए
????????????????????????????????????????????????????????????
१४ चैत, थाहा । कोरोना भाइरस विश्वव्यापी रुपमा फैलिएपछि मकवानपुर थाहा नगरपालिकामा ३६ जना विदेशबाट आइ बसोबास गरिरहेका छन् ।
थाहा नगरपालिकाको कोरोना भइरस रोकथाम नियन्त्रण सचिवालयका अनुसार गत फागुन यता ३६ जना विदेशबाट यस नगरपालिकामा आएका छन् । विदेशबाट आएकाहरुमध्ये हालसम्म सात जनाको परीक्षण भएको छ ।
बाँकी २९ जनाको परीक्षण भएको छैन् । ति २९ जनामध्ये २४ जना थाहा ७ मा मात्रै रहेको नगरपालिकाले जनाएको छ । २४ जना मध्ये एक जनाको पनि स्वास्थ्य परीक्षण भएको छैन् । उनीहरु गाउँमा गएर निर्वाध रुपमा हिडडुल गरिरहेका छन् ।
हेर्नुहोस चार्ट

१४ चैत २०७६, शुक्रवार ०९:१६ बजे प्रकाशित





