फेरी गरे प्रधानमन्त्री ओलीले बामदेवलाई राष्ट्रिय सभामा लैजाने प्रस्ताव

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा लैजान प्रस्ताव गरेका छन् ।

शनिवार बसेको नेकपाको सचिवालय बैठकमा ओलीले यस्तो प्रस्ताव गरेका हुन् । प्रधानमन्त्रीले फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रपतिबाट मनोनीत कोटामा बामदेवलाई ल्याउने प्रस्ताव गरेका हुन् । राष्ट्रियसभा सदस्यमा अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिँदै छ । सोही स्थानमा बामदेवलाई ल्याउने ओलीले प्रस्ताव गरेका हुन् ।

नेकपाभित्रको शक्ति समीकरणमा प्रधानमन्त्री ओली एक्लिँदै गएको बेला यस्तो प्रस्ताव ल्याइएको हो । उपाध्यक्ष गौतमले यसअघि राष्ट्रियसभा सदस्यको निर्वाचनमा उम्मेदवार बन्न अस्वीकार गरेका थिए ।

संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने प्रावधान राख्ने भए मात्र उम्मेदवार बन्ने प्रस्ताव उनले राखेका थिए । तर सो प्रस्तावमा प्रधानमन्त्री सकारात्मक भएका थिएनन् ।

१० फागुन २०७६, शनिवार १६:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु