दोषी ठहरिए गोकुल बाँस्कोटा जेल जान्छन : प्रचण्ड (भिडियो सहित)
नवलपरासी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्ने कसैलाई पनि पार्टीले छुट नदिने बताएका छन ।
शनिबार चितवनमा आयोजित प्राकृतिक चिकित्सालय भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले कसैले गल्ती गरेको छ भने उसलाई पार्टीले संरक्षण नगर्ने स्पष्ट पारे ।
सेक्युरिटी प्रिन्टिङ प्रेस मेसिन खरिदमा ७० करोड बढी कमिसन बार्गेनिङ गरेको आरोप लागेका गोकुल बाँस्कोटा प्रकरणलाई संकेत गर्दै उनले भने, ‘अहिले सबै विषय अनुसन्धानको प्रक्रियामा छन् । कोही पनि गल्ती गर्नेलाई छुट दिने पक्षमा हामी छैनौ । म अहिले यति मात्रै भन्न चाहन्छु।’
सत्तारुढ नेकपाले बास्कोटालाई जोगाउने आशंका गरिएका बेला कार्यकारी अध्यक्ष प्रचण्डले दोषी ठहरिय बास्कोटा पनि जेल जाने आशय सहितको अभिव्यक्ति दिएका हुन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छलफल थालेको भनिए पनि कानुनी कारबाही नै भने सुरु भएको छैन । स्वम बास्केटाले पनि कानुनी स्वच्छता खोज्ने सार्वजनिक अभिव्यक्ति यसअघि नै दिइसकेका छन ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
१० फागुन २०७६, शनिवार ०९:४२ बजे प्रकाशित





