महराका पक्षमा वकिलहरूको लर्को, सोमबार फैसला
काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाको अन्तिम बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतमा आइतबार अन्तिम बहस सकिएको हो । अदालतले सोमबार फैसला सुनाउने सह–प्रवक्ता टीकासिंह खत्रीले बताए ।
आइतबार नै फैसला सुनाउने तयारी भएपनि समय अभावको कारण सोमबारलाई सारिएको प्रवक्ता खत्रीले बताए।
जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासमा अन्तिमबहस चलेको थियो। महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दिनमणी पोखरेल, भीमार्जुन आचार्यलगायतले बहस गरेका थिए। सय लगायत निवर्तमान सभामुख कृष्णबहादुर महराको पक्षमा करिब ३० जना वकिलले बहस गरेका छन ।
गत असोज १२ गते संसद सचिवालयकी महिला कर्मचारीमाथि बलात्कारको आरोप लागेपछि महरालाई प्रहरीले पक्राउ गरेको थियो।
४ फागुन २०७६, आइतवार १६:१८ बजे प्रकाशित





