बिजय गच्छदारविरुद्धको मुद्वा फिर्ता लिन काँग्रेसको माग

काठमाडौ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा गरेको प्रकरणमा मुछिएका आफ्ना उपसभापति विजयकुमार गच्छदारविरुद्ध दायर मुद्दा फिर्ताको माग गरेको छ ।

काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा दायर मुद्धाप्रति असन्तुष्टि जनाएका छन् । पौडेलले सो मुद्दाको प्रकृतिले संशय र प्रश्न उब्जाएको दाबी समेत गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पूर्व उपप्रधानमन्त्री एवम् काँग्रेस नेता विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेलगत्तै नेता पौडेलले सो टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै नेता पौडेलले भनेका छन्, ‘अख्तियारले बालुवाटरस्थित ललिता निवास जग्गा प्रकरणमा अदालतमा आज दायर गरेको मुद्दाको प्रकृति हेर्दा अनौठो संशय र प्रश्न उब्जाएको छ । लाल झण्डा ओढेपछि जुनसुकै खत पनि माफ हुन्छ भन्ने भनाई कतै पुरा हुने त होइन् ?’

यस्तै, काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि अख्तियारले चालेको सो कदमप्रति असन्तुष्टि जनाए । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार साझ ट्वीट गर्दै नितिगत निर्णय गर्ने र सिरानीमुनि लालपुर्जा राख्नेलाई उन्मुक्ती दिएको भन्दै प्रश्न उठाएका हुन् ।

उनले लेखेका छन्, ‘श्री माधवकुमार नेपालको पालामा नितिगत निर्णय । एक पूर्वमन्त्री कमरेडको सिरानीमुनि लालपुर्जा । मुद्दा कसलाई ? बिजय गच्छदारलाई ?’

२०६६ मा माधव नेपालको नेतृत्वको सरकारले प्रधानमन्त्री निवास विस्तार गर्न मन्त्रिपरिषद्‍मा ७ बुँदे प्रस्ताव गएको थियो।

तत्कालीन भौतिक योजना तथा निर्माण सचिव दीप बस्न्यातले प्रस्ताव अघि बढाएकमा थिए भने भौतिक योजना तथा निर्माण मन्त्री थिए गच्छदारले स्वीकृति दिएर मन्त्रीपरिषद्मा पूर्याएका थिए।

सोही प्रस्तावका आधारमा टेकेर मोही नै नभएका १२ जना मोही कायम भएर उनीहरूले १३ रोपनी बढी सरकारी जग्गा पाएका थिए। ललिता निवास जग्गा विभिन्न व्यक्तिको नाममा दर्ता गर्ने क्रममा नेकपाका महासचिव विष्णु पौडेल पनि विवादमा मुझिएका थिए ।

ललिता निवासको जग्गा उनका छोराको नाममा दर्ता भएको भेटिएपछि उनी विवादमा परेका थिए । शर्माले नेपाल र पौडेललाई उन्मुक्ति दिएको भन्दै कांग्रेसले प्रश्न उठाएको छ ।

२३ माघ २०७६, बिहीवार ०२:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु