आर्थिक समृद्धिका लागि गाँजा खेती खुला गरौं
गजेन्द्र बहादुर महत, नेकपा सांसद जुम्ला
पहिलो कुरा गाँजा चरेस होइन । गाँजाको सबै चिज काम लाग्छ । दानाबाट तेल निस्कन्छ । दानालाई अचार बनाएर सेवन गर्छौं । यसले खाना पचाउन मद्धत गर्छ । गाँजाको बोटको त्यान्दा बोक्रा असाध्धै काम लाग्छ । मसिनो पारेपछि लुगा बन्छ । झोला बनाइन्छ । नाम्लो, दाम्लो, डोरी बनाउने गरिन्छ । आजकल नाइलनको, जुटको डोरी छ तर पहिले यसैको डोरी प्रयोगमा देख्थ्यौं । डाँठले दाउरा र दियालोको काम गर्छ ।
नेपाललाई बिगारेको छ भने रक्सीले बिगारेको छ । गाँजाले विगारेको छैन् । त्यसकारण ‘रक्सी आयातमा प्रतिबन्द लगाउँ । तर, गाँजा खेती खुला गरौं । रक्सी कति धेरै महंगो छ रु रक्सीले धेरै मान्छेलाई विगारेको छ । प्रतिवन्ध लगाउनुपर्ने त रक्सीमा हो । तर, हामी करको लोभमा रक्सी आयात बन्द गर्न सकिरहेका छैनौं ।
मैले सुने अनुसार २०३२र०३३ सालमा विदेशीहरुको प्रभावमा परेर गाँजा खेतीमा प्रतिबन्ध लागेको हो । राजश्व त गाँजाबाट पनि आउँछ होला नि १
हाम्रो तिर रक्सी चामलबाट, कोदो र अन्य अन्नबालीबाट बन्छ । रक्सी अन्नबालीबाट बन्छ भनेर अन्न बालीमै प्रतिवन्ध लगाउनुपर्छ भन्ने होइन । चरेस गाँजाबाट बन्छ भनेर गाँजा खेती मै प्रतिबन्द लगाउने मिलेन । सही व्यवस्थापन गर्नेतिर ध्यान दिनुपर्यो । जहाँ औषधीका रुपमा प्रयोग हुन्छ त्यहाँ पैठारी गर्न सकियो । दुरुपयोग हुन दिनु भएन ।
गाँजा खेती नेपालीहरुको आम्दानीको स्रोत हो । उच्च हिमाली र अन्य अन्न बाली राम्रो नहुने ठाउँका लागि यो उपयुक्त खेती हो । जुम्लामा अझ धेरै राम्रो हुन्छ । कम मेहनत गरेर धेरै आम्दानी गर्न सकिन्छ ।
यो पनि पढ्नुहोस्
गाँजा खेतीलाई वैधानिकता दिन ढिलो भयो : विरोध खतिवडा
रुकुम रोल्पामा माओवादीहरु बढ्नुको कारण गाँजा खेतीमा प्रतिबन्ध लाग्नु पनि एक हो भनेर आएको थियो । जनताको आम्दानीको स्रोत घटेका कारण माओवादीमा लाग्नेहरु बढेको भनेर अनुसन्धान भएको बाहिर आएकै थियो । त्यो साँचो हो वा होइन आफ्नो ठाउँमा छ तर, जुम्लाको हकमा यो एक आर्थिक स्रोत हो । धेरै मलजल र मेहनत नगरी सजिलै हुने खेती ।
भाँगो मात्रै बेचेर पनि राम्रो आम्दानी गर्न सकिने । आर्थिक उर्पाजनको एउटा पाटो, आर्थिक समृद्धिको एउटा आधार । म आफैँ असनमा गएर भाँगो किनेर अचार बनाएर खान्छु । प्रतिवन्ध लगाएका कारण खुला उत्पादन नहुँदा लुकेर वा विदेशबाट आयात गर्नुपरिरहेको छ । यसलाई ख्याल गर्नुपर्छ ।
२१ माघ २०७६, मंगलवार १६:४१ बजे प्रकाशित





