आजको मौसम– तराईमा हुस्सु र कुहिरो, पहाडी क्षेत्रमा मौसम सफा

काठमाडौँ उत्पयकासहितका क्षेत्रको मौसम सामान्यतया सफा रहे पनि तराईका क्षेत्रमा हुस्सु तथा कुहिरो लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । तर स्थानीय वायुको प्रभावले केही क्षेत्रमा आंशिक बदली तथा तराईका क्षेत्रमा हुस्सु तथा कुहिरो लागेको हो ।

विशेष गरी मध्य तथा पश्चिमका तराई क्षेत्रमा कुहिरो तथा हुस्सु लागेको छ । पहाडी क्षेत्रमा आंशिक बदली भएको छ । आइतबार दिउँसो पहाडी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ । तर तराईमा भने हुस्सु र कुहिरो रहने छ । राति भने देशभर नै मौसम सफा रहने जनाइएको छ ।

२७ पुस २०७६, आइतवार ०२:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु