प्रचण्डले सभामुख पूर्वएमालेलाई छाड्न सकिन्न भनेपछि …

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई सभामुख पद पूर्व एमालेलाई नछाड्ने स्पष्ट पारेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको मंगलबार भएको भेटमा प्रचण्डले पार्टी एकता भए पनि दुई पार्टीको मनोविज्ञान अझै कायम रहेको अवस्थामा अन्तरपार्टी शक्ति सन्तुलन हेर्नुपर्ने धारणा राखेका हुन्।

प्रधानमन्त्री ओलीले पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई सभामुख बनाउन प्रस्ताव गरेका थिए। ओलीले नेम्वाङको विकल्प नखोज्न पनि प्रचण्डसँग भनेका थिए।

प्रचण्डले पछिल्लो पटक मन्त्रिपरिषद् हेरफेरमा समेत पार्टीभित्रको शक्ति सन्तुलन ख्याल गरिएको ओलीलाई सम्झाएका थिए।

नेकपाले सभामुख को बन्ने भन्ने टुङ्ग्याउन नसक्दा प्रतिनिधि सभाको बैठक दुई पटक सूचनामार्फत् स्थगित भैसकेको छ। जबरजस्ती करणी प्रयासको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका थिए। असोजदेखि सभामुख पद रिक्त छ।

१७ पुस २०७६, बिहीवार १४:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु