मन्त्री बास्कोटालाई गगन थापाको जवाफ- ख्याल राख्नु उन्माद धेरै टिक्दैन

१७ पुस, काठमाडौं । सरकारका प्रवक्ता गोकुल बास्कोटाले बिहिबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा गगन थापालाई कटाक्ष गर्दै भने, ‘तथ्य छोप्ने रु भ्रम छर्ने रु’
बास्कोटाले कांग्रेस नेता थापाको नाम नलिई ‘तथ्य लुकाएर भ्रम फैलाएको’ आरोप लगाए । सूचना प्रविधि विधेयकका सन्दर्भमा गगन थापाले जारी गरेको भिडियो सन्देशप्रति कटाक्ष गर्दै बास्कोटाले प्रश्न गरे ‘तथ्य लुकाउने रु भ्रम छर्ने रु पत्रकार सम्मेलनमा करीव दश मिनेट सूचना प्रविधि विधेयकबारे बोलेका मन्त्री बास्कोटाले पटक पटक भिडियो सन्देश जारी गर्ने नेताले तथ्य लुकाएर सरकारविरुद्ध जनतालाई भड्काउन सकिन्छ भन्ने दुस्प्रयास गरेको आरोप लगाए ।
यसबारे कांग्रेस नेता थापाले औपचारिक प्रतित्रिया दिएका छैनन् । तर, उनी निकट एक नेताले भने, ‘नेता थापाले मन्त्री बास्कोटाले आफै भ्रम छरेर आफुलाई दोष दिन थालेको र बास्कोटाको बकबक धेरै नटिक्ने अनौपचारिक कुराकानीमा बताएका छन् ।’
१७ पुस २०७६, बिहीवार १४:२१ बजे प्रकाशित