खड्काको शोकमा सात दिनसम्म पार्टीको झण्डा आधा झुकाइने
काठमाडौं चैत १९ – नेपाली कांग्रेसले नेता खुमबहादुर खड्काको निधनमा शोक जनाउँदै पार्टीका सबै कार्यालयमा सात दिनसम्म पार्टीको झण्डा आधा झुकाएको छ ।
सबै कार्यालयमा झण्डा आधा झुकाउनुका साथै १३ औं दिनसम्म शोक पुस्तिका राखिएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । खड्काको निधनमा हिजोदेखि आउँदो बुधबारसम्म पार्टी, भातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क कार्यालय बन्द गरेको छ ।
उपचारका क्रममा भारतमा निधन भएका खड्काको आइतबार काठमाडौंमा अन्त्येष्टि गरिएको थियो ।
१९ चैत २०७४, सोमवार ०३:०७ बजे प्रकाशित












