नेपालमा मानविय संकट पैदा हुँदैछ : अमेरिकी दूतावास
काठमाडौं, कात्तिक १९- नेपालस्थित अमेरिकी दूतावासले नेपाल–भारतमा पैदा भएको राजनीतिक समस्याका कारण सृजना भएको इन्धन लगायत औषधि र खाद्यान्नको अभावले गम्भिर मानवीय संकट पैदा हुनसक्ने भन्दै गहिरो चासो व्यक्त गरेको छ । सीमामा जारी समस्याका कारण भूकम्प पीडितहरुलाई राहत पुर्याउन निकै कठिन हुन थालेको बताउँदै दूतावसद्वारा जारी प्रेस विज्ञप्तीमा यसको छिठो भन्दा छिठो समाधान खाेजिनुपर्ने बताइएको छ । ‘जाडो महिना सुरु भएको छ र भूकम्प पीडितलाई राहत पुर्याउन सकिएको छैन,’ विज्ञप्तीमा उल्लेख छ, ‘यसले गहिरो मानवीय संकट निम्त्याउन सक्छ । त्यसैले यो गतीरोधमा संलग्न सबै पक्षले आ–आफ्नो तर्फबाट गर्दै आइरहेको समाधानको प्रयासलाई दुई गुणा बढाउनु पर्छ ।’ विज्ञप्तीमा सबै पक्षको योगदानबाट मात्रै राजनीतिक वार्ताको सकारात्मक वातावरण निर्माण हुने र नयाँ संविधानमा सबैको भावना समेटिने उल्लेख गरिएको छ ।
१९ कात्तिक २०७२, बिहीवार ०७:५० बजे प्रकाशित