तीन जना कलाकार साँस्कृतिक कार्यक्रम युएई प्रस्थान

काठमाडौं, कात्तिक १८ । युएईको अलएनमा हुने एक साँस्कृतिक कार्यक्रमका लागी त्रिभुवन बिमानस्थलबाट नेपाली कलाकारको टोली युएई प्रस्थान गरेको छ।
युएईमा विभिन्न समस्यामा परेका नेपालीलाई सहयोग गरेर उद्दारका लागि राहतकोष स्थापना गर्नका लागि हुन गईरहेको वीर गोर्खाली राष्ट्रिय एकता साँझका लागी कलाकारको टोली त्यसतर्फ लागेको हो । कार्यक्रम नोबेम्बर ६ तारिख (कात्तिक २०) मा हुँदै छ ।
चर्चित गायक प्रकाश कटुवाल, गायिका शान्ति श्री परियार र हाँस्य कलाकार मरिचमान श्रेष्ठ (बल्छि धुर्वे) कार्यक्रमका लागी युएई लागेका हुन् । दिउँसो १ बजेबाट सुरु हुने कार्यक्रममा युएईमा रहेका अन्य थुप्रै स्थानिय कलाकारहरुको पनि प्रस्तुती रहने बताईएको छ ।
१९ कात्तिक २०७२, बिहीवार ०३:१३ बजे प्रकाशित