निर्वाचन हुनेमा अझै शंकाः खनाल

काठमाडौँ, १२ फागुन । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अझै निर्वाचन हुनेमा आशंका कायमै रहेको प्रतिक्रिया दिएका छन् । उनले निर्वाचनको मिति घोषणा भएपनि आवश्यक तयारी नगरी सरकारले अल्मल्याउन खोजिरहेको बताए । प्रेस चौतारी पूर्व क्षेत्रीय कमिटीले बिहीबार झापाको बिर्तामोडमा गरेको पत्रकार सम्मेलनमा नेता खनालले संविधान संशोधनबिना निर्वाचन गर्न नसकिने अडान राखेर सरकारले हुतिहारा व्यवहार प्रदर्शन गरिरहेको आरोप लगाए । संविधान कार्यान्वयनका लागि मधेसी मोर्चाले अब अवरोध गर्न नहुने भन्दै उनले सबै कुराको फैसला निर्वाचनबाट हुने धारणा राखे । सरकारले संविधान विरोधी संशोधन प्रस्ताव अघि सारेको भन्दै कुनै हालतमा पास हुन नदिने जिकिर गरे ।

१२ फागुन २०७३, बिहीवार १२:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु