राप्रपाले संसोधनको विपक्षमा मतदान गर्ने

काठमाडौँ, १२ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक दिलनाथ गिरीले संविधान संशोधन विधेयकको विपक्षमा आफ्नो पार्टीले मतदान गर्ने बताएका छन् । रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा उनले संशोधन प्रस्ताव राष्ट्रिय हित विपरित भएकोले आफ्नो पार्टीले विपक्षमा मतदान गर्ने बताए । एक चोटी संविधान संशोधन भैसक्यो, तर मधेशी मोर्चाले त्यसलाई स्वीकार गरेनन्, अहिले हामी यो सरकारको तेस्रो ठूलो घटक हौं, तर प्रस्ताव ल्याउँदा हामीसँग कुनै छलफल नै गरिएन, त्यसैले हामीलाई प्रस्तावको पक्षमा उभिनुपर्ने कुनै नैतिक बन्धन छैन्’ गिरिले भने । संविधान जारी गर्ने प्रमुख तीन दलहरु एकै ठाउँमा बस्न नसक्नुले पनि संविधानमा खोट रहेको उनको भनाई छ ।

१२ फागुन २०७३, बिहीवार १२:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु