निर्वाचनको मिति घोषणा गरिएकोमा नयाँ शक्ति र संघिय समाजवादीको आपति

काठमाडौँ, १२ फागुन । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीले निर्वाचनका लागि उपयुक्त वातावरण सिर्जना नगरी निर्वाचनको मिति घोषणा गरिएकामा विरोध गरेका छन् । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले संयुक्त प्रेस विज्ञप्ति जारी गरी संविधानका त्रुटिलाई सच्याएर मात्र निर्वाचनमा जानुपर्ने माग गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, वर्तमान संविधान जारी भएदेखिको राजनीतिक गतिरोधलाई अन्त्य गर्न संविधान संशोधन गरी सर्वस्वीकार्य बनाउनुपर्छ भन्ने दुई पार्टीको साझा धारणा छ । व्यवस्थापिका संसद्मा दर्ता गरिएको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्नुपर्ने, संघ र प्रदेशको निर्वाचन पहिला गर्नुपर्ने र प्रदेश मातहत स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रको सङ्ख्या तथा सीमा निर्धारण गरी बाँकी भूगोललाई जनसङ्ख्याको आधारमा स्थानीय तह बनाइनुपर्ने माग गरिएको छ ।

१२ फागुन २०७३, बिहीवार १२:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु