विपक्षी नौ दलद्वारा संसोधन प्रस्ताव बारे सरकारको धारणा माग
काठमाडौँ, ११ फागुन । प्रमुख प्रतिपक्षीसहित विपक्षी नौ दलले मधेसी मोर्चाले संविधान सशोधन प्रस्ताव निर्णयार्थ पेस हुँदा आउने परिणाम स्वीकार गर्ने निश्चित भए मात्रै संसोधन प्रस्ताव अघि बढाउन दिने निर्णय गरेको छ । संसद् भवन नयाँ बानेश्वरमा बुधबार बसेको विपक्षी नौ दलको बैठकले संशोधन प्रस्ताव बारे मोर्चाका नेताले राख्दै आएको अभिव्यक्ति बारे सरकारको स्पष्ट धारणा माग गर्ने निर्णय गरेको नेकपा एमालेका उपाध्यक्ष भीम रावलले जानकारी दिए ।
सरकारमा रहेका दुई ठूला दलको धारणा आएपछि मात्रै आगामी रणनीति तय गर्ने बारेमा बैठकमा छलफल भएको नेताहरुले बताए । सरकारले निर्वाचन मिति घोषणा गरेको सम्बन्धमा आफूहरुले स्वागत गरिसकेको भन्दै उपाध्यक्ष रावलले प्रदेशको सीमाङ्कन हेरफेर गर्ने विषय सभामुखले प्रदेशसभामा पठाउनुपर्ने संवैधानिक व्यवस्था रहेको बताए । रावलले संशोधन प्रस्ताव निर्णयार्थ पेस भएपछि आउने परिणामका बारेमा सरकार र मोर्चाको स्पष्ट धारणाको गरे ।
यसैबीच बुधबारका लागि बोलाइएको व्यवस्थापिका संसद्को बैठक सूचना टाँसेर बिहीबारसम्मका लागि स्थगित गरिएको छ ।
११ फागुन २०७३, बुधवार १३:३९ बजे प्रकाशित