काठमाडौँ–निजगढ द्रुत मार्गको काम छिटो गर्न सांसद्हरुले गरे माग

काठमाडौँ, ११ फागुन । काठमाडौँ–निजगढ द्रुत मार्गको काम छिटो सुरु गर्न सांसद्हरुले माग गरेका छन् । व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा सांसदहरुले द्रुत मार्गमा यस वर्ष छुट्याएको बजेट अहिलेसम्म खर्च हुन नसकेको भन्दै द्रुत रुपमा काम गरिनुपर्नेमा जोड दिएका हुन् । बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले भारतीय कम्पनीले बनाएको विस्तृत परियोजना प्रस्तावअनुसार छिटो काम सुरु गरिने प्रतिबद्धता जनाए । कम्पनीसँग प्रस्ताव लिएर कुनै संयन्त्र बनाएर काम गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठको संयोजकत्व गठित समितिले दिएको सुझावअनुसार प्रस्ताव बनाई मन्त्रिपरिषद्मा पेस गर्ने तयारी मन्त्रालयले गरेको उनले बताए । समिति सभापति डोरप्रसाद उपाध्यायले द्रुत मार्गका विषयमा अर्को बैठकमा फेरि छलफल गरेर ठोस निर्णय गरिने जानकारी गराए ।

११ फागुन २०७३, बुधवार १३:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु