पाकिस्तानी अदालतमा आक्रमण, चार जनाको मृत्यु

इश्लामाबाद, १० फागुन । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा पर्ने चार्सद्धा जिल्लामा रहेको एक स्थानीय अदालतमा आत्मघाती बम आक्रमण हुँदा कम्तीमा छ जनाको मृत्यु भएको छ ।

सो घटनामा अन्य ३० जना घाइते भएको स्थानीय सञ्चार माध्यमले मङ्गलबार जनाएका छन् ।

मृत्यु हुनेमध्ये एक जना वकिल रहेका छन् भने पाँच जना आक्रमणकारी रहेका छन् ।

स्थानीय उर्दु टेलिभिजनका अनुसार पाँच जना प्रहरी पनि घाइते भएका छन् । उनीहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको छ । घटनाको अहिलेसम्म कुनै समुहले जिम्मेबारी लिएको छैन । रासस/सिन्ह्वा

१० फागुन २०७३, मंगलवार १३:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु