संसोधन प्रस्ताब अघि नबढाउन एमालेको आग्रह

काठमाडौँ, १० फागुन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संविधान संशोधन विधेयक अघि नबढाउन सरकारसंग आग्रह गरेको छ । मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णयको स्वागत पनि गरेको छ ।

बैठकले स्थानीय तहको संख्या नबढाउनसमेत सरकारको ध्यानाकर्षण गरायो । सचिव योगेश भट्टराईका अनुसार बैठकले निर्वाचन सुनिश्चित हुने वातावरण बनाउन पनि सरकारलाई आग्रह गरेको हो । निर्वाचनका लागि आवश्यक ऐन, कानुन बनाउन र निर्वाचनलाई प्रभावित हुने गरी नियुक्ति तथा सरुवा बढुवा नगर्न एमालेको आग्रह छ ।

१० फागुन २०७३, मंगलवार १३:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु