चुनावको मिति घोषणा गर्न कांग्रेस र माओवादी केन्द्र सहमत

काठमाडौं, ८ फागुन । सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्र र प्रमूख सत्ता साझेदार नेपाली कांग्रेस बीच छिट्टै चुनावको मिति घोषणा गर्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस र माओवादीका नेताहरुको बैठकले मिति घोषणा गरेर जाने सहमति भएको हो । मधेसी मोर्चाले भने जस्तो संविधान संशोधन गरेर चुनावको मिति घोषणा गर्ने अवस्था नभएको वैठकको निष्कर्ष छ । संविधान संशोधनको विषयलाई पनि सँगै लैजान सकिने नेताहरुको बताएका छन् । स्थानीय तह पुनर्संरचनाको प्रतिवेदन स्वीकारेर मिति घोषणा गर्नेमा दुई दलका नेताहरु सहमत देखिएका हुन् ।

८ फागुन २०७३, आइतवार १३:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु