१५ बर्ष भित्र नेपालबाट बोक्सी कु–प्रथा अन्त्य हुने

14925529_1839766926268662_8232266340441834213_nकाठमाण्डौँ । नेपाली चलचित्र अग्निदहनको छायांकनको काम सकिएको छ । निर्देशक घनश्याम लामिछानेद्धारा निर्देशित मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको निमार्णमा बनेको चलचित्र अग्निदहनको छायांकन मध्य नेपालका गाउँ बस्तीहरुमा पुगेर गरिएको छ ।  प्रतिष्ठानका अध्यक्ष कोविद शरण उपाध्यायले आउँदो १५ बर्ष भित्र नेपालबाट बोक्सी कु–प्रथा अन्त्य गर्ने लक्ष्यका साथ काम भैरहेको बताए ।
सामाजिक सचेतना र शिक्षा मुलक सन्देश प्रवाह गर्ने उद्देश्यले निमार्ण गरिएको चलचित्र अग्निदहन मकवानपुरको कोमाने, नवलपरासिको डण्डा, चितवनको सौराहा, कास्कीको पोखरा र राजधानीका विभिन्न स्थानमा करिव एक महिना समय अवधि लगाएर छायांकनको काम सकेको हो । छायांकनको काम सकिने स्थितिमा आईपुग्दासम्म यस चलचित्रले व्यापक चर्चा कमाएको निमार्ण कर्ताको दावि रहेकोछ । चलचित्रसँगै प्रतिष्ठानले आगामी १५ बर्ष भित्र नेपालबाट बोक्सा बोक्सी प्रथाको उन्मुलन गर्ने लक्ष्य लिएको छ ।

१ मंसिर २०७३, बुधवार १२:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु