नौ र ३ बुँदे बारे स्पष्ट भएर अघि बढौँ : माओवादी केन्द्रका नेताहरु

maoist-officeकाठमाण्डौँ । नेकपा माओवादी केन्द्रका नेताहरुले एमाले संग भएको ९ बुँदे सहमती र अलिखित सहमतीबारे प्रष्ट भएर अघि बढ्नुपर्नेमा जोड दिएका दिएका छन । केन्द्रिय कार्यालय पेरिशडाँडा कोटेश्वरमा आज बसेको बैठकमा नेताहरुले सहमतिय सरकारका गठनका सन्र्दभमा भैरहेको पहलबारे जानकारी दिन पार्टी नेतृवलाई आग्रह गरेका छन ।  यसअघि माओवादी केन्द्रले सहमतीय सरकार गठन र एमालेसंग भएका सहमती कार्यान्वयन गराउन दवाव दिने जिम्मेवारी अध्यक्ष दाहाललाई दिएको थियो ।  दाहालले नै बैठकमा पेश गरेको प्रस्तावका सम्वन्धमा धारणा राख्दै नेताहरुले पार्टी संगठनको स्वरुप सानो बनाएर अघिबढ्नुपर्ने सुझाव दिएका छन । पार्टीको संगठनात्मक संरचना ठुलो बनाइएको भन्दै असन्तुष्टी बढेको हो ।  प्रवक्ता पम्फा भुषालले केहि दिनको छलफल पछि पार्टी संगठनको स्वरुप र महाधिवेशन मिति तोकिने जानकारी दिइन । बैठकले महाविधेशनको कार्यतालिका र मिति, केन्द्रीय सङ्गठनात्मक संरचना, राजनीतिक परिस्थिति लगायतका विषयमा टुङ्गो लगाउने छ ।

माओवादीले नक्कली सहयोगी बनाएर स्पेनमा मानव तस्करी गरेको आरोप लागेका पार्टीका आठ जना सांसदमाथि छानबिन गर्न ३ सदस्यि छानविन समिति गठन गरेको छ ।  स्पेन भ्रमणका क्रममा सहयोगी भन्दै अरुलाई नै लगेर छाडेको भन्दै प्रहरीले अनुसन्धान थालेपछि माओवादीले पनि छानबिनका लागि समिति गठन गरेको हो । अमिक शेरचनको संयोजकत्वमा कृष्णबहादुर महरा र प्रवक्ता पम्फा भूसाल रहेको तीन सदस्यीय छानबिन समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

२२ असार २०७३, बुधवार १५:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु