बिनियोजन बिद्येयकमाथि मन्त्रीले जवाफ दिने क्रम सुरु

caकाठमाण्डौँ । व्यवस्थापिका संसदको आजको बैठकमा विनियोजन विधेयक २०७३ माथि उठेका प्रश्नको सम्बन्धित मन्त्रालयका १२ जना मन्त्रिले जवाफ दिएका छन् ।  सूचना तथा सञ्चारमन्त्री शेरधन राईले देशमा आफ्नै भू–ग्रहको स्थापना गर्न लागिएको जानकारी दिए । सूचना तथा सञ्चार मन्त्रालय शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री राइले बाढी, पहिरो जोखिम जिल्लामा मोबाइल मार्फत पूर्व सूचनाको जानकारी दिने सेवा सुरु गरिएको बताए ।  वाणिज्यमन्त्री जयन्त चन्दले बढ्दो बैदेशिक व्यापार घाटा बढाउने मुख्य तत्वमा फलाम, कृषिजन्य सामाग्री,र पेट्रोलियम पदार्थका सामानहरु आयत भएको दावी गरे ।
विज्ञान तथा प्रविधिमन्त्री शिवलाल थापाले विज्ञान तथा प्रविधि विना मुलुकले सम्बृद्धि हासिल गर्नै नसक्ने भएकाले त्यसै अनुरुप मन्त्रालय अगाडि बढेको जानकारी गराए ।  जनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले जनसंख्या व्यवस्थापन, वातावरण संरक्षण र जलवायु परिवर्तन र मुलुकको दिगो विकासका लािग मन्त्रालयले विशेष ध्यान दिएको बताए । जवाफ दिने क्रम आउदो बैठकमा पनि चल्नेछ । बैठक पर्सी बिहान ११ बजेका लागि बोलाइएको छ ।
मन्त्रीहरूले जवाफ दिएपछि आउँदो आर्थिक वर्षका लागि प्रस्तुत गरिएको बजेट पारित गर्ने तयारी गरिएको छ । सरकारले ल्याएको बजेटमा आधारित विधेयकमाथिको छलफल सकेर आउदो शुक्रबार बजेट पारित गर्ने संसद् सचिवालयको तयारी छ ।
यसैबिच, बैठकको बिशेष समयमा सांसदहरुले देशका विभिन्न भागमा बाढीपहिरोका कारण प्रभावित जनतालाई राहत र उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन् ।
सांसदहरुले भूकम्पबाट प्रभावित सिन्धुपाल्चोकको भोटेकोसीमा बाढीले स्थानिय प्रभावित भएको, गोरखा, प्यूठानका लगायतका बिभिन्न ठाउँमा भएको पहिरोको क्षेतीबारे सदनलाई जानकारी गराउन माग गरेका छन ।
संसदहरुको माग अनुसार सभामुख ओनसरी घर्ती मगरले जनधनको क्षति र महिला हिंसाका सम्बन्धमा सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिइन ।

२२ असार २०७३, बुधवार १५:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु