तत्काल सरकार परिवर्तन हुँदैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले तत्काल ‘प्रधानमन्त्री पद छाड’ भनेर हप्काउँदैमा आफू प्रधानमन्त्रीबाट नहट्ने बताएका छन । अहिले आफुलाई प्रधानमन्त्री पद छाड्नुप¥यो भनेर हप्काउने र तर्साउने काम गरिएको भन्दै उहाँले त्यस्तो आफुलाई स्वीकार्य नभएको स्पष्ट पारे । । आजदेखि काठमाडौमा शुरु भएको दुईदिने नागरिक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले पद छाड्दा देश र जनताको भलो हुन्छ, समस्या एकाएक हल हुन्छन् भने छोड्न पनि तयारै रहेको दाबी गरे । आफूले अति अप्ठ्यारो अवस्थामा पद सम्हालेको चर्चा गर्दै उहाँले तराईको आन्दोलन सेलाउँदै गएको र आर्थिक समृद्धिको बाटोमा मुलुक लम्किन लागेको बताउनुभयो । नयाँ संविधानप्रति असन्तुष्टि राखी तराई मधेस केन्द्रित दलले जारी राखेको आन्दोलनप्रति इङ्कित गर्दै प्रधानमन्त्री ओलीले सडकमा तमासा नदेखाउन र केही असन्तुष्टि भए वार्तामा आउन आग्रह गरे ।
२० जेठ २०७३, बिहीवार १५:०३ बजे प्रकाशित