माओवादी केन्द्रको १ हजार ९९ सदस्यीय केन्द्रिय समिति

काठमाडौँ ।  नेकपा माओवादी केन्द्रले १ हजार ९९ सदस्य भएको जम्बो महाधिवेशन आयोजक समिति बनाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पोलिटब्युरोको बैठकले एक हजार ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएको हो । आजको बैठकले ९ सय ९९ जना मनोनयन गरेको छ भने बाँकी रहेका एक सय जना भने आगामी दिनमा थपिने माओवादी केन्द्रले जनाएको छ । पार्टी एकता प्रक्रियामा नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपा माओवादी र नयाँ शक्ति अभियानको ठूलो हिस्सा समावेश हुने भन्दै महाधिवेशन आयोजक समितिमा थप एक सय सदस्य खाली राखिएको माओवादीले जनाएको छ । बैठकले ८५ सदस्यीय स्थायी समिति बनाएको छ भने २ सय ५५ सदस्यीय पोलिटब्युरो बनाइएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन ।

२० जेठ २०७३, बिहीवार १४:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु