देउवाद्धारा संसदीय दलको कार्यसमितिमा ४ सदस्य मनोनित

Serbahadurकाठमाडौं । नेपाली कांग्रेसका सभापति एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको कार्यसमितिमा ४ जनालाई सदस्य मनोनित गरेका छन्। देउवाले बिहीबार ध्रुव वाग्ले, विष्णुमाया परियार, मिनाक्षी झा र चम्पादेवी खड्कालाई कार्यसमितिको सदस्यमा मनोनित गरेको उनका स्वकीय सचिव भानु देउवाले बताए। संसदीय दलको कार्यसमितिमा दलका नेताले ९ जना सदस्य मनोनित गर्न पाउने व्यवस्थाअनुसार उनले ४ जना सदस्य मनोनित गरेका हुन्। बाँकी ५ सदस्य मनोनित गर्न बाँकी छ।

२० जेठ २०७३, बिहीवार १५:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु