रेडियोकर्मी शर्माको पशुपति आर्यघाटमा दाहसंस्कार

shalikram-sharmaकाठमाडौं ।  ब्लड क्यान्सरबाट पिडित भई आज निधन भएका सामुदायिक रेडियो प्रसारक संघ ९अकोराब० का लेखा समिति सदस्य एवं रेडियो सारदा शल्यानका अध्यक्ष शालिकराम शर्माको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष समेत रहेका शर्माको उपचारका क्रममा आज बिहान ४ बजे भक्तपुर क्यान्सर अस्पतालमा निधन भएको थियो । पशुपति आर्यघाटमा नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टले महासंघको झण्डा ओढाएर शर्माप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए । उनलाई श्रद्धाञ्जलि व्यक्त गर्न सल्यान क्षेत्र नं २ का सांसद प्रकाश ज्वाला, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्दरा पोखरेल, अकोराबका महासचिव गोविन्द देवकोटा लगायत पत्रकारिता सम्वद्ध संघसंस्थाका प्रमुख, महासंघका पदाधिकारी तथा सदस्यहरू आर्यघाटमा पुगेका थिए । २०१९ कात्तिक १६ गते प्युठानको तुसारामा जन्मिएका शर्माले सल्यानलाई कर्मथलो बनाई पत्रकारिता गर्दै आएका थिए ।

२० जेठ २०७३, बिहीवार १५:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु