निजामती ट्रेड युनियनको निर्वाचन सम्पन्न
काठमाडौँ । निजामती कर्मचारीको आज भएको आधिकारिक टे«ड युनियनको निर्वाचन देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । प्रमुख निर्वाचन अधिकृत गीताप्रसाद तिमिल्सिनाले प्रारम्भिक विवरणअनुसार ८० प्रतिशतभन्दा बढी मत खसेको जानकारी दिए ।
। निर्वाचनका लागि ७५ जिल्ला र ४२ विभागमा १२९ मतदान केन्द्रको व्यवस्था गरिएको थियो । कार्यालय प्रमुख नरहेका शाखा अधिकृत र सोभन्दा तल्लो तहका ५५ हजार ३२९ निजामती कर्मचारीले मतदान भाग लिएका थिए । भोलिसम्ममा मत परिणाम आउने अपेक्षा गरिएको छ । नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन (सङ्घ), नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र, नेपाल मधेसी निजामती कर्मचारी मञ्च र राष्ट्रिय कर्मचारी सङ्गठनले निर्वाचनमा भाग लिएका छन् । निर्वाचनमा प्रथम स्थान ल्याउनेले अध्यक्ष र कोषाध्यक्ष, द्वितीय हुनेले महासचिव र तृतीय हुनेले उपाध्यक्ष र चौथो हुनेले सचिव पाउने व्यवस्था छ ।
१९ जेठ २०७३, बुधवार १५:३४ बजे प्रकाशित