मदन भण्डारी कला साहित्य प्रतिष्ठानबाट ‘शार्दूल’
काठमाडौँ। मदन भण्डारी कला साहित्य प्रतिष्ठानले जननेता मदन भण्डारीको वृत्तचित्र, उहाँको साहित्यिक व्यक्तित्व र कृतित्वको बृहत् समालोचना ग्रन्थ प्रकाशन र सङ्ग्रहालय निर्माण गर्ने दीर्घकालीन योजना बनाएको छ । प्रतिष्ठानका अध्यक्ष डा विजय सुब्बाको अध्यक्षतामा बसेको आजको बैठकले ६५औँ जन्मजयन्तीका दिन आगामी असार १४ गते उहाँको व्यक्तित्व, कृतित्व सहित नेपाली समाजका विविध विषयका लेखरचना सहितको ‘शार्दूल’ अर्धवार्षिक ग्रन्थ प्रकाशन गर्ने निर्णय पनि गरेको छ । ग्रन्थका सम्पादकमा डा विन्दु शर्मा र यशोदा अधिकारी रहनेछन। प्रतिष्ठानको आजको बैठकले यसका दश विभागलाई पूर्णता दिएको छ ।
१९ जेठ २०७३, बुधवार १५:२७ बजे प्रकाशित





