भुकम्प पिडितका लागि सेनाले सामूहिक आवास निर्माण गर्ने

नुवाकोट । भूकम्पबाट प्रभावित नुवाकोटमा निर्माण हुने १० सामूहिक आवास मध्ये सात स्थानमा सामूहिक आवास निर्माणको जिम्मा नेपाली सेनाले पाएको छ ।  तीन स्थानमा भने सहरी तथा भवन निर्माण डिभिजन कार्यालयले निर्माण गर्न थालिसकेको छ । सदरमुकाम विदुरमा प्रजिअ विष्णुप्रसाद पोखरेलका अध्यक्षतामा बसेको जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकले सामूहिक आवास निर्माणको जिम्मा नेपाली सेनाको श्रीनाथ गण देवीघाटलाई दिने निर्णय गरेको हो । सहरी विकास मन्त्रालय मार्फत निर्माण हुन लागेको सामूहिक आवास निर्माणको जिम्मा समितिले सेनालाई दिने निर्णय गरेको हो ।
ओखरपौवाको कागतीगाउँ, थानसिं गाविसको छहरेबजार आसपास, बेतिनी गाविसको झगरेफाँट दोभान वा राउतबेंसी गाविसको मानेडाँडा, शिखरबेंसी गाविसको ठूलीखेत दुप्चेश्वर जाने बाटो, काहुले गाविसको वडा नंं ४ गुम्बुडाँडा, बुधसिं गाविस वडा नं ४ को चण्डी माविको पुरानो परिसर र बसुन्चेत गाविसको मेघाङचौरमा सामूहिक आवास निर्माण गर्न लागिएको हो ।  प्रजिअ पोखरेलका अनुसार जिल्लाका बाँकी तीन स्थानमा सहरी विकास मन्त्रालय अन्र्तगतको जिल्लास्तरीय कार्यक्रम समन्वय एकाइ मार्फत सामूहिक आवास निर्माणको प्रक्रिया अघि बढिसकेको छ ।

१३ जेठ २०७३, बिहीवार १५:१२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु