वामपन्थी फुटाउने कांग्रेसको चाहना

PRADIPकाठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले वामपन्थी फुटाउने कांग्रेसको चाहनामा सरकार बारेमा टिप्पणीहरु भएका तर्क गरेका छन ।
एकिकृत माओवादी अधयक्ष पुष्पकमल दाहालको ो नेतृत्वमा नयाँ सरकार गठन गर्ने काग्रेसको प्रस्ताव वामपन्थी गठबन्धनलाई फुटाएर फेरि आफूले राज गर्ने उद्देश्यले फालिएको कार्ड भएको उनको दाबी छ ।
राजधानीमा भएको साक्षात्कारमा उनले अहिलेको र त्यसपछि बन्ने सरकारलाई असफल बनाएर नेपालमा दलहरु असफल भए भन्ने सन्देश फैलाएर विना दलको कुनै ब्यक्ति खडा गरी संविधान कार्यान्वयन गर्न नदिने खेल भइरहेको भन्दै प्रचण्डको नेतृत्वको कुरा काग्रेसले सहमतिको लागि नभई बामपन्थीलाई कमजोर बनाउन फ्याकेको कार्ड भएको दाबी गरे ।

२३ वैशाख २०७३, बिहीवार १३:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु