संसदमा प्रधानमन्त्रीको झण्डै २ घण्टा सम्बोधन

ChsZXgaUkAEzSnvकाठमाण्डौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले ब्यबस्थापिका संसदले जरुरी छैन भनेका बेला मार्ग प्रशस्त गर्न तयार रहेको बताएका छन ।
ब्यबस्थापापिका संसदमा सम्वोधन गर्दै उनले सरकारले संसद विघटन गर्दैछ भन्ने हल्ला चलाइएको भन्दै त्यस प्रकारको सोँच नभएको बताए । संसदको अभ्यासबाट तर्किने र भाग्ने काम आफुवाट नहुने उनको प्रष्टोक्ती छ । राष्ट्रिय सहमतिको सरकारका लागि आफु र आफ्नो पार्टि बाधक नभएको उनको भनाइ छ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन बजे भनेको सम्बोधन व्यवस्थापिका संसदमा ठिक ४ बजे सुरु भएको छ ।
बिनम्र भाषामा सम्बोधन सुरु गरेका प्रधानमन्त्री ओलीले गाली गर्नेलाई गाली गर्न दिनुपर्ने बताएका छन् । ओलीले भने, ‘अधिवेशनको सुरुमै सघन ढंगले दुई दिन बहस छलफल गर्यौं यसमा कसैले आत्तिहाल्नुपर्ने अवस्था छैन ।’
प्रधानमन्त्री ओलीले हल्ला धेरै हुने भएकाले हल्लका पछाडि नलाग्न सबैलाई आग्रह गरेका छन् । ओलीले अझै पनि राष्ट्रिय सहमति आफूले चाहेको बताए ।
ओलीले कहाँनेर सहमति बिग्रियो भन्ने कुरा विश्लेषण गर्नुपर्ने बताए । ‘संविधान जारी भइसकेपछि सहमति कहाँनिर बिग्रियो ? के सहमति थियो ? के पालना भएन ?’ भन्ने प्रश्नमा गम्भीर हुन आग्रह गरे । ओलीले सम्बोधनका क्रममा पटकपटक सहमतिका लागि आफू तत्पर रहेको बताए । ‘सहमतिका लागि म तत्पर छु । देशलाई शिरमा राखेर सहमति खोजौं,’ ओलीले भने । प्रधानमन्त्री ओलीले पछिल्ला दिनमा देखिएका दृश्यले सहमति नहुने बताए । ओलीले सहमतिका लागि खुलस्त छलफल गर्न सबैलाई आग्रह गर्दै कांग्रेसलाई समेत सहमतिको बाटोमा अगाडि बढ्न आग्रह गरे ।
संविधानले सबैलाई अधिकार दिएको भन्दै ओलीले भने, ‘संविधानमा शक्ति पृथकीकरणको सिद्धान्त, स्वतन्त्र न्यायपालिकाका लाई शक्तिशाली बनाएको छ । संविधानले पछाडि पारिएकालाई ४५ प्रतिशत आरक्षण, महिलालाई आरक्षण गरेको छ । नयाँ संविधानपछि राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश महिला छन् । यस्तो विश्वमा बिरलै छ ।’
प्रधानमन्त्री ओलीले भने, ‘‘संविधान पुर्नलेखनको रट कसैले नलगाए हुन्छ । संविधानसभा भंग भइसकेको छ, अब पुनर्लेखनको रट व्यर्थ छ ।’
‘एक वर्षभित्र सीमांकन तय गर्न संवैधानिक आयोग बनाइएको छ ।
प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्दै विदेशीले पुनःनिर्माणका लागि विदेशीले घोषणा गरेको सबै रकम नआएको बताएका छन् । ओलीले मधेस केन्द्रित दलहरुको मागलाई पुरा गर्ने र संवादबाट समाधान खोज्ने सन्दर्भमा संविधान संशोधन भएको उल्लेख गरे । उनले संघीय संरचना निर्माण शुरु भएको समेत प्रष्ट पारेका छन् ।
प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने क्रममा अघिल्लो सरकारका निर्णय खुरुखुरु उल्टाउदै नहिड्ने बताए । भूकम्पपीडितबारे जानकारी दिदै ओलीले भने, ‘अघिल्लो सरकारले तीन किस्तामा राहत दिने निर्णय गरेको छ । अघिल्ला सरकारका निर्णय खुरुखुरु उल्ट्याउँदै म अघि बढ्दिन् । रामेछाप, सिन्धुपाल्चोकमा भूकम्पपीडितका घर बनिरहेका छन् ।
ओलीले पुनःनिर्माण प्राथमिकताका आधारमा वर्गीकरण गरेर गर्ने बताए । ‘पहिलो वृद्धवृद्धा, बालबालिका र गर्भवतीलाई छानामुनि ल्याउने गरि पुनर्निर्माण गरौं ।’ उनले भने ।
प्रधानमन्त्री ओलीले उखान टुक्काले देश चल्दैन भन्दै आलोचना भएकोप्रति आपत्ति जनाएदै जवाफ दिएका छन् । प्रधानमन्त्री ओलीले एक वर्षमा लोडसेडिङ आधारभूत रुपमा समाप्त पारेर दुई वर्षमा गरेरै देखाउने बताए ।

२३ वैशाख २०७३, बिहीवार १५:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु